सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार मोहन बस्नेतले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार त्यहाँ बस्नेतले ७ हजार ४ सय ५६ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी एवम् निवर्तमान सांसद नेकपा एमालेका शेरबहादुर तामाङले ५ हजार १ सय २४ मत प्राप्त गरेका छन्।
बस्नेत क्षेत्र नम्बर १ बाट क्षेत्र परिवर्तन गरेर २ नम्बरमा उम्मेदवार बनेका थिए।
यहाँ प्रदेशसभातिर पननि माओवादीको अग्रता छ। प्रदेशसभा क तर्फ माओवादीका युवराज दुलालले ७५ सय ५१ मत ल्याउँद एमालेका अमानसिंह तामाङ ४८ सय ७९ मतमा समेटिएका छन्। मतान्तर २६ सय ७२ पुगेको छ।
417
Shares
प्रतिक्रिया