प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित ९ मन्त्रीहरु उम्मेदवार रहेको संघ र प्रदेश सभा सदस्यमा लिड गरेका छन्।
मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, खानेपानी तथा सिँचाइमन्त्री रामकुमार राई, पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूको क्षेत्रमा मतगणना भइरहँदा सबैले अग्रता लिएका छन्।
प्रदेशका बहालवाला मन्त्रीमध्ये खानेपानी तथा सिँचाइमन्त्री रामकुमार राई प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्।
मुख्यमन्त्री राईसहितका अन्य मन्त्रीहरु प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन्।
भोजपुरमा नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभाको उम्मेदवार रहेका मुख्यमन्त्री राई फराकिलो मतान्तरसहित अगाडि छन् ।
उनले ३५३७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरि राईले २०८९ मत पाएका छन्।
यस्तै पाँचथरको २ बाट प्रदेशसभाको उम्मेदवार रहेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पनि मतान्तर बढाउँदै लगेका छन्।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनले पछिल्लो गणनामा ४५२५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार आइन्द्रसुन्दर नेम्बाङको मत ३६५५ रहेको छ।
प्रदेश सरकारका खानेपानी तथा सिँचाइमन्त्री रामकुमार राई खोटाङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। माओवादीबाट उम्मेदवार उनले पनि अग्रता कायम राखेका छन्।
मन्त्री राईले ४३१६मत पाउँदा एमालेका उम्मेदवार विशाल भट्टराईले ३५७८३मत ल्याएका छन्।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले पनि उदयपुरको क्षेत्र नं. १ (२) मा अग्रता कायम राखेका छन्।
नेपाली कांग्रेका उम्मेदवार उनले १२०७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार ईश्वरमणि राउतले ९८६ मत प्राप्त गरेका छन्।
यस्तै इलामको क्षेत्र नं. १ (१) बाट उम्मेदवार बनेकी एकीकृत समाजबादी पार्टीका नेता एव पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले ४११२ मत प्राप्त गर्दा एमालेकी शोभा पराजुलीले ३३५६ मत पाएकी छन्।
जनता समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री रहेका जयराम यादव उम्मेदवार भएको मोरङ क्षेत्र नं. ५(२), नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुमन्त्री केदार कार्की उम्मेदवार भएको मोरङ क्षेत्र नं. ६(२), प्रदेश सरकारका कृषिमन्त्री झलकबहादुर मगर उम्मेदवार भएको झापाको ४ (१) र यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे उम्मेदवार भएको मोरङको क्षेत्र नं. १(२) मा भने गणना सुरु भइसकेको छैन।
Shares

प्रतिक्रिया