राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभामा विजयी भएका छन्।
बुधबार विहान सम्पन्न मतगणना अनुसार राणा २९ हजार ५७७ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत ल्याएका छन्।
यस्तै, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ र राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद कुमार अग्रहरीले १ हजार ३३३ मत ल्याएका छन्।
552
Shares

प्रतिक्रिया