राजनीति


चित्रबहादुरको चौथो इनिङ : ८३ वर्षमा चुनाव जितेरै फेरि संसद यात्रा

चित्रबहादुरको चौथो इनिङ : ८३ वर्षमा चुनाव जितेरै फेरि संसद यात्रा

फाइल तस्बिर


सागर न्यौपाने
मंसिर ७ , काठमाडौँ

उनी अहिले ८३ वर्ष भइसकेका छन्। युवा जस्तै जोश र लक्ष्यप्राप्तिको हुटहुटीकै कारण होला, प्रतिनिधि सभाका लागि बाग्लुङ क्षेत्र नम्बर १ मा उठेर परिणाम आफ्नो पक्षमा पार्न सफल बने।  सम्भवत: उनी यो संसदका सबैभन्दा पाका जनप्रतिनिधि हुनेछन्।

हो, युवाहरुका उत्प्रेरक, नेतालाई जनताप्रति उत्तरदायी हुनुपर्छ भन्दै पैरवी गर्ने उनी हुन् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

प्रष्ट वक्ता, छलकपटरहित राजनीतिको वकालत गर्ने केसीको संसदमा यो चौथो इनिङ हो। यसअघि उनी २०५६, २०६४ र २०७० मा सांसद थिए। 

केसीले २०५६ अर्थात् २३ वर्षअघि बाग्लुङको त्यही क्षेत्रबाट संसदीय चुनाव जितेर सिंहदरबार पुगे। त्यसपछि २०६४ मा पनि प्रत्यक्षमा जितेर संसदमा पुगे। तर २०७० मा उनी समानुपातिकमा बसे। 

त्यसपछि उनले २०७४ मा सांसद हुने इच्छा देखाएनन्। उनले उठ्न अस्वीकार गरेपछि बाग्लुङमा एमाले-माओवादी गठबन्धनले दुई क्षेत्र बाँडेका थिए। त्यसबेला जनमोर्चाले २ प्रदेश लिएको थियो। 

तर उनले अहिले सत्ता गठबन्धनमा रहँदा परेका दुई सिटमध्ये एउटामा उठेर फेरि संसद यात्रा तय गरेका छन्। 

अब संसदमा ठेट नेपाली शब्दसहित राष्ट्रियता र जनजीविकाको पक्षमा सशक्त आवाज घन्किनेछ। रोस्ट्रमबाट संघीयताविरुद्ध फेरि तीखो प्रहार हुने छ।

अघिल्लो वर्ष यही समयमा नेपालखबरले सम्पर्क गर्दा केसी बुटवल थिए। तर अब उनलाई काठमाडौं फर्किनुपर्ने बाध्यता परेको छ।

उनी कसरी काठमाडौंको बसाइ छाडेर बुटवल झरेका थिए। एक पटक त्यसबारे चर्चा गरौँ। 

कोरोना महामारीबीच उनी काठमाडौंको डेरा सधैँका लागि छोडेर झिटी झ्याम्टासहित बुटवल झरेका थिए।

बाग्लुङका जनताको मत पाएर सिंहदरबार (संसद) भवन पुगेका उनले तिनै भुइँ मान्छे र जनताका थुप्रै गुनासा सम्बोधनमा जुट्नुपर्ने छ।

केसी काठमाडौंको घट्टेकुलोमा एउटै घरको सानो कोठामा दुई दशकभन्दा लामो समय बसे। उनी बसेको घर तीन पटक विक्री भयो तर डेरा छोडेनन्। 

तर, २०७७ सालदेखिको कोरोना महामारी भएपछि उनलाई काठमाडौंको बसाइप्रति मोहभंग भयो।

चैतदेखि एक सय २० दिन लामो लकडाउन। लकडाउन हटेपछि बढ्दो संक्रमण। कोठामा वृद्ध दम्पति मात्रै। २०७८ असोजमा उनले काठमाडौं छाड्ने निर्णय लिए र भैरहवाको ठूटेपिपलस्थित छोरी भानु जिसीको घरमा बस्न थाले।

फेरि जिते
केसीले २०५६ सालमा बाग्लुङबाट प्रत्यक्षमा तत्कालिन संसदीय चुनाव जितेका हुन्।

२३ वर्षपछि भएको प्रतिनिधि सभाको अर्को चुनाव पनि बाग्लुङबाट जित्न सफल भए।

२०५६ मा चुनाव जितेर काठमाडौंमा डेरा लिएका उनी अब फेरि चुनाव जितेपछि काठमाडौं केन्द्रित हुन्छन् कि बाग्लुङको निर्वाचन क्षेत्र ? त्यो निश्चित भइसकेको छैन।  

केसीले यसपटक संसदमा पक्कै नयाँ देख्नेछन्। राजनीतिमा भर्खरै प्रवेश गरेका २७ वर्षे युवा उमेरका सांसदहरुसँग उनको संगत हुने छ।

यससँगै केसीले भन्ने गरेको इमानको राजनीति गर्नुपर्ने पक्षका युवा पनि पुगेकाले संसद भवनमा फरक माहोल हुनेछ।

मंसिर ७, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.