ad ad

राजनीति


महोत्तरी ३ को (क) र (ख) दुवै क्षेत्रमा लोसपाका उम्मेदवार विजयी

महोत्तरी ३ को (क) र (ख) दुवै क्षेत्रमा लोसपाका उम्मेदवार विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ७:४९, महोत्तरी

महोत्तरी क्षेत्र नम्बर ३ को (क) र (ख) दुबै क्षेत्रमा लोसपाका उम्मेदवार विजयी भएका छन्। 

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार बिहीबार बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार (क) मा लोसपाका नेता अभिराम शर्मा विजयी भएका छन्। (ख)मा पनि लोसपाकै रानीकुमार तिवारी विजयी भएकी छन्। 

शर्माले नौ हजार आठ सय ९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिपेन्द्र झाले नौ हजार सात सय १८ मत प्राप्त गरेका छन्। 

लोसपा नेता अभिराम शर्मा यस क्षेत्रबाट यसअघि पनि प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए।
    
त्यसैगरी (ख)मा लोसपाकै तिवारीले छ हजार चार सय १४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वलकुमार झाले पाँच हजार चार सय ८९ मत प्राप्त गरेका छन्। 

तिवारीले झालाई नौ सय २५ मतले पराजित गरेका हुन्। तिवारी पनि यस क्षेत्रबाट पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन्।

प्रदेशसभाका दुबै क्षेत्रमा लोसपाका उम्मेदवार विजयी भए पनि महोत्तरी ३ मा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर मतगणनामा पछि परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .