ad ad

राजनीति


सुदूरपश्चिमका १० क्षेत्र : कांग्रेस ६, समाजवादी ३ र नागरिक उन्मुक्ति १ मा विजयी

सुदूरपश्चिमका १० क्षेत्र : कांग्रेस ६, समाजवादी ३ र नागरिक उन्मुक्ति १ मा विजयी

फाइल तस्बिर


गोकुल जोशी
मंसिर ८, २०७९ बिहिबार ९:५९, कञ्चनपुर

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये १० वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। 

कैलाली १, २ , ५, बैतडी र कञ्चनपुर १ गरेर पाँच क्षेत्रको मतगणना जारी छ। बाजुरामा मतदानको दिन विवाद हुँदा निर्वाचन प्रक्रिया नै अन्योलमा छ।

१० क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ६ क्षेत्रमा जित निकालेको छ।

कांग्रेसले कञ्चनपुर–२, ३, डडेल्धुरा, दार्चुला, अछाम–२ र कैलाली–४ जितेको छ।

त्यसपछि सबैभन्दा बढि नेकपा एकीकृत समाजवादीले ३ क्षेत्रमा जित हासिल गरेको छ। उसले गठबन्धनबाट भागमा परेका अछाम १, डोटी र बझाङमा सफलता पाएको छ।

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. ३ मा जितेको छ। जारी पाँच क्षेत्रको मतगणनामा नागरिक उन्मुक्तिले कैलाली १, माओवादीले बैतडी र कैलाली २, नेकपा एमालेले कञ्चनपुर १ र कांग्रेसले कैलाली ५ मा अग्रता बनाएको छ।

बझाङको प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी २८ हजार ४१३ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐनबहादुर महरले २७ हजार ४१२ ल्याए।

डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले २७ हजार २१० मत सहित विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले २३ हजार ४ मत मात्रै  ल्याउन सकिन्। 

अछामको प्रतिनिधि सभा क्षेत्र नं. १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहरा १५ हजार ४५ मतमा रोकिए। 

कञ्चनपुरको क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका एनपी साउद २८ हजार १ सय मत सहित निर्वाचित भए। उनले प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरे। धामीले २१ हजार ६४५ मत प्राप्त गरे।

कञ्चनपुर क्षेत्र नं. ३ मा कांग्रेसका रमेश लेखकले ३० हजार ५२३ मतका साथ बाजी मारे। प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत मात्रै ल्याउन सकिन्।

डडेल्धुराबाट कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरले सांसद निर्वाचित भए।

दार्चुलाको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार दिलेन्द्रप्रसाद बडूले २८ हजार ५१५ मतसहित बाजी मारे। प्रतिस्पर्धी एमालेका गणेश ठगुन्ना २६ हजार ३८१ मतमा रोकिए।

अछाम निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पुष्पबहादुर शाह २३ हजार ५४ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत ल्याएका थिए।

कैलाली क्षेत्र नं. ४ मा कांग्रेसका वीरबहादुर बलायर २६ हजार २२० मत सहित विजयी भए। प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले २२ हजार ६१३ मत मात्रै ल्याउन सके।

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी २३ हजार १२० मतसहित निर्वाचित भए। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .