ad ad

राजनीति


समानुपातिक मत : एमाले र कांग्रेसले ६ लाख कटाए, माओवादी घण्टीभन्दा पछि

समानुपातिक मत : एमाले र कांग्रेसले ६ लाख कटाए, माओवादी घण्टीभन्दा पछि

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १७:२४, काठमाडौँ

प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले मतको संख्या ६ लाख कटाएका छन्।

बिहीबार (आज) साँझ ५:१५ बजेसम्म पहिलो स्थानमा रहेको एमालेले ६ लाख ३९ हजार ६ सय २ समानुपातिक मत ल्याएको छ। निर्वाचन आयोगको तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख २ हजार २ सय १६ समानुपातिक मत पाएको छ।

यस्तै सुरुदेखि नै तेस्रो स्थान ओगटेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म  ३ लाख १९ हजार ५ सय ११ समानुपातिक मत प्राप्त गरेको छ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्र २ लाख ८८ हजार ९ सय ८१ मतका  साथ चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ७२ हजार ५ सय ६० समानुपातिक मत ल्याएको छ।  

मत गणना जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .