ad ad

राजनीति


हुम्लामा माओवादीका कार्चेन लामा विजयी

हुम्लामा माओवादीका कार्चेन लामा विजयी

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २३:९, काठमाडौँ

हुम्लाबाट छिरिङ डम्डुल लामा (कार्चेन) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका लामा १४ हजार ३७१ मतसहित निर्वाचित भएका हुन्।

अन्तिम मत परिणामअनुसार लामाका प्रतिस्पर्धी दल रावलले ९ हजार ५१६ मत ल्याएका छन्।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामा यसअघि कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए।

उनी ६ महिनाका लागि गैरसांसद मन्त्री बनेका हुन्। लामासँग पराजित भएका रावल यसअघि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री थिए।

उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .