राजनीति


घनश्यामलाई हराएका छविलालको तेस्रो पटक संघीय संसदमा प्रवेश

घनश्यामलाई हराएका छविलालको तेस्रो पटक संघीय संसदमा प्रवेश

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ४:५५, काठमाडौँ

नेकपा(एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दैछन्। सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित भएका छन्। 

उनले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गरेका हुन्। 

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिएका हुन्।

विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनले यस पटक २४ हजार आठ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। 

निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार तीन सय आठ मत प्राप्त गरे। 

भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

स्व. चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मिएका विश्वकर्माले २०३७ सालमा नेकपा (माले) बाट आफना् राजनीतिक यात्रा आरम्भ गरेका हुन्। उनी विसं २०३७ मा अनेरास्ववियु पाँचौँ उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा (एमाले) को राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए।

त्यसैगरी सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बनेका थिए।

विसं २०६४ साल कृषि तथा सहकारीमन्त्री बनेका विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बनेका थिए।

आफूलाई सामाजिक न्याय र समानताको पाक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। 

गीत, लेख, रचनामा विशेष रुचि राख्ने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .