ad ad

राजनीति


समानुपातिकमा माओवादीले पहिलोपटक उछिन्यो घण्टीलाई, तेस्रो स्थानमा उक्लियो

समानुपातिकमा माओवादीले पहिलोपटक उछिन्यो घण्टीलाई, तेस्रो स्थानमा उक्लियो

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १२:५६, काठमाडौँ

प्रतिनिधिसभातर्फ समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा सुरुदेखि लगातार पछि रहेको नेकपा माओवादी केन्द्र पहिलोपटक  अघि लागेको छ। 

निर्वाचन आयोगले आज दिउँसो १२:४५ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो। आयोगले उपलब्ध गराएको विवरणअनुसार अहिले माओवादी केन्द्रका पक्षमा ८ लाख १ हजार ३ सय ७९ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ७ लाख ९९ हजार ७ सय ८२ समानुपातिक मत ल्याएको छ। 

समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ। उसले यो खबर तयार पार्दासम्म १८ लाख ९७ हजार २७ मत पाएको छ। दोस्रोमा रहेको कांग्रेसले १८ लाख ३० हजार ३६ मत प्राप्त गरेको छ। 

अन्य दलको तथ्यांक यस्तो छ :

राष्ट्रिय स्वतन्त्र पार्टी
७९९७८२

राष्ट्रिय प्रजातन्त्र पार्टी
४१०७५२

जनता समाजवादी पार्टी, नेपाल
२१९०१६

नेकपा एकीकृत समाजवादी
१७२५३८
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .