राजनीति


संचारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा विवाद, मतगणना स्थगित

भोलि बिहान सर्वदलीय बैठक बस्ने
संचारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा विवाद, मतगणना स्थगित

ज्ञानेन्द्रबहादुर कार्की र जगदीशप्रसाद कुसियैत।


नेपालखबर
मंसिर १०, २०७९ शनिबार २०:३३, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ को मतगणना स्थगित भएको छ।

मतगणनाका क्रममा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना कार्यक्रम स्थगित गरिएको हो। यो क्षेत्र कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र हो। 

भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर निर्णय लिनेगरी मतगणना स्थगित भएको हो। 

शनिबार सर्वदलीय र सर्वपक्षीय बैठकमा विवाद हुँदा मतगणनाको वातावरण नभएको भन्दै निर्वाचन अधिृकतको कार्यालयले स्थगित गरिएको जनाएको छ।  मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा आएकाे संचारमन्त्री कार्कीले दाबी गरेपछि विवाद सुरु भएकाे थियाे।

भोलि बिहान ८ बजेको बैठकमा सहमति जुटेमात्र मतगणना सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad