पिट्रो जेलिस्की र लेवान्डोस्कीको गोलमा पोल्याण्डले साउदी अरेबियालाई स्तब्ध बनाएको छ। पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर उच्च मनोबलमा रहेको साउदीलाई पोल्याण्डले निरास बनायो।
एजुकेशन सिटी स्टेडियममा पोल्याण्डले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो। ८२ औं मिनेटमा कप्तान लेवान्डोस्कीले अग्रता दोब्बर पारे।
त्यसअघि जेलिस्कीले गरेको गोलमा लेवान्डोस्कीले नै पास मिलाएका थिए।खेलको ४४ औँ मिनेटमा लेवान्डोस्कीले खराब ट्याकल गरेपछि रेफ्रिले भिएआरको सहायतमा साउदीलाई पेनाल्टी दिएका थिए।

साउदीले पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबर खेलेको थियो।

साउदीमाथिको जितसँगै पोल्याण्डको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ। पोल्याण्डको ४ अंक छ। ३ अंक भएको साउदी दोस्रो स्थानमा छ। मेक्सीको १ अंक हुँदा अर्जेन्टिना अंकबिहिन छ।
आजै हुने समुह चरणको अर्को खेलमा अर्जेन्टिना र मेक्सीको खेल्नेछन्। यो खेल अर्जेन्टिनाले जितेमा सबै टोलीका लागि नकआउट चरणको सम्भावना कायम रहनेछ। अर्जेन्टिना पराजित भए एक खेल अघि नै उसको विश्वकपको अघिल्लो चरणको संभावना सकिने छ।


Shares

प्रतिक्रिया