राजनीति


समानुपातिकमा आपसमा टक्कर गरिरहेका यी दल

समानुपातिकमा आपसमा टक्कर गरिरहेका यी दल

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ९:१४, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा कतिपय दल आपसमा प्रतिस्पर्धा गरिरहेका छन्।  यो खबर तयार पार्दासम्म पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ८ सय ९६ मत ल्याएको छ। एमालेसँग सुरुदेखि नै नेपाली कांग्रेस निकटतम प्रतिस्पर्धी बनिरहेको छ।

कांग्रेसले अहिलेसम्म २२ लाख १ हजार ७ सय ९४ समानुपातिक मत ल्याएको छ। यसअघि यी दुई दलले लाखका हिसाबले बराबर पनि भएका थिए। अहिले भने एमालेले कांग्रेसलाई एक लाख मतान्तरले नै जितेको छ। 

यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी पनि एकअर्काका निकटतम प्रतिस्पर्धी भइरहेका छन्। सुरुवातीमा माओवादी केन्द्रभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय भने माओवादी केन्द्रभन्दा पछाडि परिरहेको छ। तर लाखका हिसाबले दुवै दल ९ लाखका उक्लिएका छन्। यो खबर तयार पार्दासम्म माओवादी केन्द्रले ९ लाख ६५ हजार ३ सय ४५ समानुपातिक मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत पाइसकेको छ। 

यसैगरी जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि समानुपातिकमा एकअर्कासँग टक्करमा छन्। यो खबर तयार पार्दासम्म दुवै दल २ लाखमा उक्लिएका छन्। तर जनमत पार्टीलले २ लाख २१ हजार ४ सय २७ र एकीकृत समाजवादीले केही कम २ लाख २० हजार ५ सय २८ मत पाएका छन्। 

अहिलेसम्म समानुपातिक सदर मत ८३ लाख ६३ हजार ६ सय ८३ गनिसकिएको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .