राजनीति


सञ्चारमन्त्रीको क्षेत्रमा बखेडा, एमाले आयोगको निर्णय मान्न तयार, कांग्रेस फेरि गन्नुपर्ने पक्षमा

सञ्चारमन्त्रीको क्षेत्रमा बखेडा, एमाले आयोगको निर्णय मान्न तयार, कांग्रेस फेरि गन्नुपर्ने पक्षमा

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ११:३, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ मा अझैसम्म मतगणना अघि बढ्न सकेको छैन। 

मतगणना मध्यबाट उकालो लागिसकेको अवस्थामा नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असन्तुष्टि जनाएपछि विवाद बढेको थियो।

नेपाली कांग्रेसले ६ सय मतगणनामा तलमाथि भएको दाबी गर्दै फेरि त्यसलाई गन्नुपर्ने अडान लिएको थियो।

यो विवाद बढ्दै गएपछि मतगणनास्थलमै कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरुबीच हात हालाहालको अवस्था भएको थियो।

एमाले उम्मेदवार जगदीश कुसियैतसँग अघिपछि अघिपछि हुन थालेको अवस्थामा कार्कीले ६ सय मत तलमाथि भएकव बताएका थिए। 

त्यसपछि त्यहाँको विवाद समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयले शनिबारै सर्वदलीय बैठक राखेको थियो। 

तर विवाद समाधान हुनुको साटो झन् झन चर्किएपछि आइतवार १० बजेसम्मलाई मतगणना रोकिएको थियो।

यस्तोमा आइतवार बिहान पनि सर्वदलीय बैठक बसिरहेको छ। शनिबारको सर्वदीलय बैठकमा पनि नेकपा एमालेका प्रतिनिधिहरुले निर्वाचन आयोगको केन्द्रीय कार्यालयको निर्णय मान्न तयार रहेको बताएका थिए। 

कांग्रेस उम्मेदवार कार्की र एमालेका उम्मेदवार जगदीश कुसियैतबीच करिब सय मतको फरक रहेका बेला विवाद बढेको थियो। 

मतगणनामा कांग्रेसले धाँधली भएको आरोप लगाएपछि सुनसरी ४ को प्रतिनिधि सभातर्फको मत गणना रोकिएर अहिले सर्वदलीय बैठक बसिरहेको छ। 

कांग्रेसका प्रतिनिधिले कर्मचरीले ६ सय भन्दा बढी मतको विवरण मतगणनापछि रुजु नगरेको बताएका थिए। यस क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेस उम्मेदवार कार्कीले आपत्ति जनाएका थिए। 

कांग्रेसले पुन:मतगणनाको अडान लिइरहेका बेला अन्य दल त्यसलाई मान्ने पक्षमा छैनन्। एमालेले आयोगको निर्णय स्वीकार्ने बताइरहेको छ। तर कांग्रेस दोहोर्‍याएर मतगणना गर्नैपर्ने अडानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .