ad ad

राजनीति


समानुपातिकमा एकीकृत समाजवादी र जनमत पार्टीबीच टक्कर

समानुपातिकमा एकीकृत समाजवादी र जनमत पार्टीबीच टक्कर

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १६:५९, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच टक्कर देखिएको छ। 

यो खबर तयार पार्दा दुई दल थोरै मतले मात्र अघिपछि छन्। निर्वाचन आयोगको तथ्यांक (अपराह्न ४:५६ बजे) अनुसार समानुपातिक मत एकीकृत समाजवादीकोे २ लाख ३७ हजार २ सय ९५ पुगेको छ भने जनमत पार्टीले २ लाख ३७ हजार १ सय ८ मत प्राप्त गरेको छ।

यसैबीच समानुपातिकमा सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले अहिलेसम्म २४ लाख २९ हजार ५५ मत पाइसकेको छ भने दोस्रो नम्बरमा रहेको कांग्रेसले २३ लाख ९ हजार ६ सय ९२ मत ल्याएको छ। 

यस्तै तेस्रो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले समानुपातिक मत १० लाख ८ हजार ७ सय २० ल्याएको छ भने चौथो स्थानमा रहँदै राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ९० हजार ९ सय ९९ मत प्राप्त गरेको छ। 

समानुपातिकमा पाँचौँ नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख १६ हजार ८ सय ७४ मत पाएको आयोगको तथ्यांक छ। 
यसबाहेक अन्य दलले अहिलेसम्म थ्रेसहोल्ड (३ लाख २० हजार) कटाउन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .