राजनीति


आयोगको निर्देशनपछि उदयपुर–१ मा रोकिएको मतगणना सुरु हुँदै

आयोगको निर्देशनपछि उदयपुर–१ मा रोकिएको मतगणना सुरु हुँदै

फाइल।


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ७:५३, काठमाडौँ

उदयपुर क्षेत्र नम्बर १ मा मतगणना सुरु हुँदै छ। निर्वाचन आयोगलेस्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि अहिले ८ बजेपछि मतगणना सुरु हुने भएको हो। 

मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको थियो। 

‘अहिले ८ बजेपछि मतगणना सुरु हुन्छ,’ निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भने। 

उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। 

उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा। नारायण खड्काको क्षेत्र हो। यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन्।

मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित खड्का अगाडि छन्। दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .