राजनीति


समानुपातिकमा माओवादीले कटायो ११ लाख मत

समानुपातिकमा माओवादीले कटायो ११ लाख मत

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ९:१७, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले ११ लाख मत कटाएको छ।

निर्वाचन आयोगको बिहान सवा ९ बजेसम्मको तथ्यांकअनुसार माओवादी केन्द्रले समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ पुर्‍याएको हो। 

आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। 

प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि तेस्रै स्थानमा छ। 

पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। 

निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .