विवादपछि एक दिन रोकिएर अघि बढेको उदयपुर क्षेत्र नम्बर १ को मतगणना जारी छ। उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो।
निर्वाचन आयोगले स्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि सोमबार रातिदेखि नै मतगणना सुरु भएको हो।
यसअघि गनिएको एक सय मतलाई बदर गर्दै मतगणना अघि बढ्दा अहिले नेपाली कांग्रेसका डा. नारायण खड्काले १८ सय ८ मतको अग्रता बनाएका छन्।
ताजा अवस्थामा खड्काले २५ हजार ९१७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु चौधरीले २४ हजार १०९ मत ल्याएकी छन्। उनीहरुबीच १८ सय ८ मतको अन्तर छ।
उदयपुर–१ मा उठेका खड्का परराष्ट्रमन्त्री पनि हुन्। यहाँ खड्कालाई माओवादीको साथ छ भने चौधरी एक्लै मैदानमा छिन्।
240
Shares
प्रतिक्रिया