राजनीति


राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुग्यो, एकीकृत समाजवादी कठिन संघर्षमा

राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुग्यो, एकीकृत समाजवादी कठिन संघर्षमा

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १३:१, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ जारी मत गणनामा जनमत पार्टीले थ्रेसहोल्ड सीमा पार गरेसँगै राष्ट्रिय दल बन्ने राजनीतिक पार्टीको संख्या ७ पुगेको छ। 

प्रत्यक्षतर्फ एक सिट जितेको उसले समानुपातिकको थ्रेसहोल्ड ३ लाख २० हजारभन्दा माथि मत पुर्‍याएको हो। 

यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले राष्ट्रिय दल बन्ने मापदण्ड पूरा गरिसकेका छन्। 

यसैबीच सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउने कठिन संघर्षमा छ। उसले यो खबर तयार पार्दासम्म समानुपातिक मतको संख्या २ लाख ७१ हजार ५ सय ३८ ल्याएको छ। थ्रेसहोल्ड कटाउन उसलाई अझै ५० हजार मत आवश्यक देखिन्छ। 

निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फ ९७ लाख २२ हजार ९ सय ५२ मत गणना भइसकेको छ। 

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। यो हिसाबले अब समानुपातिकतर्फ गन्न बाँकी मतको संख्या ९ लाख ४७ हजार ४८ हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .