राजनीति


कांग्रेसले समानुपातिकतर्फ कटायो २५ लाख मत

कांग्रेसले समानुपातिकतर्फ कटायो २५ लाख मत

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:५५, काठमाडौँ

नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ २५ लाख मत कटाएको छ।

मंगलबार अपरान्हसम्म गणना भएको ९८ लाख २१ हजार ५६१ मतगणना हुँदा कांग्रेसले २५ लाख १५२ मत पाएको छ।

सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ४६ हजार ४४९ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेस हुँदा तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ। माओवादीले ११ लाख २८हजार ९०७ मत पाएको छ। 

माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ८५७ मत ल्याएको छ। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५९ हजार ५३४ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ७८ हजार १५० र जनमत पार्टीले ३ लाख ३६ हजार ३८ मत ल्याएका छन्। 

थ्रेस होल्ड कटाउन संघर्षरत नेकपा (एकीकृत समाजवादी) ले २ लाख ७७ हजार ५०३ मत ल्याएको छ।

हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल बन्ने मापदण्ड पूरा गरिसकेका छन्। 

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन् । यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ ।

यो हिसाबले अब समानुपातिकतर्फ गन्न बाँकी मतको संख्या करिब ८ लाख रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad