ad ad

राजनीति


सुनसरी ४ : सञ्चारमन्त्री कार्कीको पकड क्षेत्रको मत गनिँदै, एमाले उम्मेदवारसँग १८४ मतको अग्रता

सुनसरी ४ : सञ्चारमन्त्री कार्कीको पकड क्षेत्रको मत गनिँदै, एमाले उम्मेदवारसँग १८४ मतको अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १९:१३, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ। दुई दिन रोकिएर अहिले जारी मतगणनामा नेपाली कांग्रेसका उमेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो अग्रता बनाएका छन्। 

बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को  १ हजार मतगणना सकिँदा उनले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतलाई १८४ मतले पछि पारेका छन्। 

अब कार्कीको पकड अन्तर्गतकै बराहक्षेत्र नगरपालिका वडा नम्बर १० र ११ को मत गनिँदैछ। कार्कीले आफ्नो पकड क्षेत्रमा ५ सयदेखि एक हजार मतले अग्रता बनाउने अपेक्षा थियो। तर केवल १८४ मतको अग्रता बनाएपछि २०७४ को नतिजा जोगाउन उनलाई चुनौती थपिएको छ।

ताजा अवस्थामा कार्कीले २३ हजार ९०२ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कुसियैतले २३ हजार ७१९ मत ल्याएका छन्।

बराहक्षेत्रको मत गनिसकेपछि एमाले उम्मेदवार कुसियैतको पकड क्षेत्रमा मत गनिनेछ। 

बराहक्षेत्रका बाँकी २ वडाको गनिसकेपछि भोक्राहा नरसिंह गाउँपालिकाका दुई, कोशी गाउँपालिकाका दुई र हरिनगरका दुई वडाको भोट गनिनेछ। 

यी तीनै पालिका एमाले उम्मेदवार जगदीश कुसियैतका प्रभाव क्षेत्रका रुपमा चिनिन्छन्। मत गन्न बाँकी कोशी गाउँपालिका वडा नम्बर ६ कुसियैतको घर भएको क्षेत्र हो। जहाँ उनको बलियो पकड छ।

सुनसरी ४ मा ८१ हजार १९१ मत खसेको थियो। जसमा अहिलेसम्म ६२ हजार ८४ मत गनिसकिएको छ। अब १९ हजार मत गन्न बाँकी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .