प्रतिनिधि सभाअन्तर्गत दोलखामा जारी मतगणनामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
जारी मतगणनामा पछिल्लो मतपरिणाम आउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीसँगको अन्तर नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १३ सयमा झारेका छन्। यसअघि यहाँ शिवाकोटीलले करिब २ हजार मतको अग्रता बनाएका थिए।
तर योभन्दाअघिको परिणाममा कार्कीले मतान्तर १२ सयमा झारेका थिए। शिवाकोटीले अहिले त्योभन्दा एक सय बढीले अग्रता लिएका छन्।
हालसम्म ४४ हजार ९४१ मत गनिसक्दाको अवस्थामा यहाँ एमालेका शिवाकोटीले १९ हजार ७४४ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका कार्कीले १८ हजार ३८५ ल्याएका छन्। ताजा अवस्थामा यी दुईजनाबीचको मतान्तर १३ सय ५९ मा झरेको छ। अहिले बैतेश्वरको मतगणना जारी छ।
57
Shares
प्रतिक्रिया