ad ad

राजनीति


समानुपातिक अपडेट : बाजुराका पनि केही मत जोडियो, कुन दलको कति पुग्यो?

समानुपातिक अपडेट : बाजुराका पनि केही मत जोडियो, कुन दलको कति पुग्यो?

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १८:४८, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अझै सकिएको छैन। प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको नतिजा आइसक्दा समानुपातिकतर्फ भने अझै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी बसेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बाजुरा र दोलखामा खसेका समानुपातिक मत गणना भइरहेको जानकारी दिए। 

‘बाजुराको ८ हजारजति मत आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ’, सहायक प्रवक्ता अर्यालले सोमबार साँझ नेपालखबरसँग भने, ‘तर बाँकी मत गणना भइरहेको छ।’

उनका अनुसार दोलखामा त्यस्तै ८०/८५ हजार तथा बाजुरामा जम्मा ६५/७० हजार समानुपातिक मत खसेका छन्। दोलखाको भने अहिलेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट  गरिएको छैन। ‘आयोगले २ दिनभित्र गणना सक्न निर्देशन दिएको छ’, अर्यालले भने। 

आयोगको तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसम्म गणना गरिएकामध्ये १ करोड ४ लाख २८ हजार ९ सय ५८ मत सदर भएका छन्। 

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ। 

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ। आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार थ्रेसहोल्ड भेट्न ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। एकिन हिसाब भने सबै मत गनिसकेपछि निस्किन्छ। 

अहिलेसम्म कुन दलले कति समानुपातिक मत पाए? हेर्नुहोस् ताजा सूची :
नेकपा एमाले 
२७,९१,३६३

नेपाली कांग्रेस
२६,६५,२३८

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,८६५

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५५२

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६५९

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६

जनमत पार्टी
३,९४,५२३

नेकपा एकीकृत समाजवादी
२,९४,४००

नागरिक उन्मुक्ति पार्टी
२,७१,६६३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८२

नेपाल मजदुर किसान पार्टी
७५,०६३

हाम्रो नेपाली पार्टी
५५,६२०

मंगोल नेसनल अर्गनाइजेसन
४८,८१८

राष्ट्रिय जनमोर्चा
४६,३८७

नेपाल संघीय समाजवादी पार्टी
४१,८०७

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४२०

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२८

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४९

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,८६४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७

बहुजन एकता पार्टी नेपाल
१७,०६५

नेपाली कांग्रेस (बीपी)
१२,४७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७०

नेपाली जनता दल
९,९८१

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०१

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९३

नेपाल जनता पार्टी
७,५०७

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८१

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३६

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०९

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६८

जनसमाजवादी पार्टी, नेपाल
५,८७२

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी/ समाजवादी/नेपाल दलित पार्टी)
५,७९६

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०३९

एकीकृत शक्ति नेपाल
३,७७६

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३२

मौलिक जरोकिलो पार्टी
३,२३५

नेपाल समावेशी पार्टी
२,९५२

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४३

नेस्नलिस्ट पिपल्स पार्टी
२,०१५ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .