नेपाली कांग्रेसले आज (बिहीबार) पोखरामा गण्डकी प्रदेशस्तरीय भेला गर्दै छ।
दुई दिन चल्ने प्रदेश र स्थानीय तहकेन्द्रित भेला अहिले बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा सुरु हुने गण्डकी कांग्रेसले जनाएको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वैशाख २३ गते गरेको सातै प्रदेशमा भेला गर्ने निर्णयअनुसार कांग्रेसले प्रदेशस्तरीय भेला गरिरहेको हो।
यसअघि कांग्रेसले वैशाख २६ र २७ गते कैलालीमा सुदूरपश्चिम र २८ र २९ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला गरेको थियो।
अब गण्डकीपछि कांग्रेसले जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा गर्दै छ।
यसैगरी जेठ ६ र ७ गते महोत्तरीको बर्दिवासमा मधेस प्रदेश , ८ र ९ गते सुनसरीको लौकीमा कोसी प्रदेशको भेला गर्ने तालिका छ।
यस्तै जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरिने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताएका छन्।
Shares

प्रतिक्रिया