प्रतिनिधि सभाको निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेशकुमार मल्ल निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, मल्लले २३ हजार १८९ मत ल्याएर सांसद बनेका हुन्। मल्लका निकटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितकुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८, नेकपा (एमाले) का गुलावजंग शाहले १५ हजार ३७३, नेकपा (माओवादी) का चन्द्रबहादुर खड्काले ९४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपालीले ९०२ मत प्राप्त गरेकी छन्।
पूर्वएमाले पृष्ठभूमी भएका नेकपाका नेता प्रकाश ज्वालाको राम्रो पकट भएको जिल्लाको रुपमा सल्यानलाई हेरिन्छ। जसका कारण मल्ललाई चुनाव जित्नका लागि थप बल पुगेको हो।
२०५६ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा एमालेबाट निर्वाचित भएका ज्वाला २०७० सालको दोस्रो संविधान सभा सदस्य बनेका थिए। त्यस्तै, २०७४ सालमा प्रदेश सभा र २०७९ सालको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिभि सभा सांसद भएका थिए।
अहिले ज्वाला चुनावबाट बाहिरिएपछि नेकपाबाट मल्लले उम्मेदवार बन्ने मौका पाए। लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवका रुपमा काम गरेका उनि तत्कालीन माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत हुन्।
Shares

प्रतिक्रिया