पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ। एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकामा विर्तामोड नगरपालिकाले उनीहरूलाई आज यहाँ कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
घिमिरे नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य तथा राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्।
शुक्रबार विर्तामोडमा सुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन गर्न सभामुख घिमिरे झापा आएका हो। उनीहरूलाई शुक्रबार बिहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ। रासस
प्रतिक्रिया