ad ad

राजनीति


कोशी प्रदेशविरुद्धको प्रदर्शन रोक्न विराटनगरमा निषेधाज्ञा

कोशी प्रदेशविरुद्धको प्रदर्शन रोक्न विराटनगरमा निषेधाज्ञा

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १२:२२, विराटनगर

कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रदेशको नाममा असहमत विविध समूहले आज विराटनगरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ। 

सुरक्षा स्थिति सहज र सामान्य राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क बमोजिम निषेध गरिएकाले जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
आदेश उलङ्घन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले सूचनामा उल्लेख गरेको छ।

यसैबीच प्रदेश १ पुनःनामकरण संयुक्त संघर्ष समितिको आयोजनामा आइतवार दिउँसो १ बजे  महेन्द्रचोकमा जनप्रदर्शन गर्ने आन्दोलनकारीको कार्यक्रम छ। 

कार्यक्रममा गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायत पहिचान पक्षधर नेताहरुले बोल्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .