पहिचानपक्षधर नेता पूर्वमन्त्री गोपाल किरातीले पहिचानलाई दबाउन खोज्नेहरु राजतन्त्रजस्तै समाप्त हुने दावी गरेका छन्।
उनले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने पनि चेतावनी दिए।
प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा आयोजित प्रदर्शनपछि सम्बोधन गर्दै किरातीले भने,‘श्री ५ सरकार जसरी मिल्काइयो, कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरिमिल्काउँछौं’ उनले भने, ‘पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरी फैलिनेछ।’
यो आन्दोलन प्रदेशको नामकरण पुनः पहिचानको आधारमा नभएसम्म जारी रहने उनले बताए।
प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै पहिचनाको मुद्धालाई रोक्न खोजिए पुनः बन्दुक उठ्नसक्ने समेत चेतावनी दिए।
विगतमा किरात वर्कस पार्टी बनाएर किरात प्रदेशको लागि भन्दै सशस्त्र आन्दोलन गरेका किरातीले पछि त्यसलाई माओवादीमा मिलाएका थिए।
अहिले पनि माओवादी केन्द्रबाट अलग भएर छुट्टै अभियान चलाइरहेका छन्।
किरातीसहितका नेताले सम्बोधन गरेको कार्यक्रममा सहभागीले प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन र सभा गरेका थिए।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो। त्यसलाई तोडेर प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको हो। तर, त्यस पनि उनीहरु पछि हटेनन्।
भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको थियो। प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन्।
स्थानीय प्रशासननले मुख्यमन्त्री कार्यालय जाने सडक रोडशेषलाई निषेधाज्ञा जारी गरेपनि आन्दोलनकारीले निषेधाज्ञा तोडेपछि केही छिन विराटनगर अशान्त बनेको थियो।
प्रहरीले त्यस क्रममा चारजना आन्दोलनकारीलाई पक्राउ गरेको थियो।
तर साझउनीहरुलाई छाडिएको छ। निषेधाज्ञा तोडेर प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास र हवाईफायर समेत गर्दा स्थिति असामान्य बन्न पुगेको थियो।
Shares
प्रतिक्रिया