नेकपा (एमाले)का युवा नेता क्षितिज थेवे आमाबुवाको पाइला पछ्याउँदै ताप्लेजुङबाट सांसद बनेका छन्।
शनिबार सम्पन्न मतगणनामा एमालेका थेवे नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। उनले १३ हजार ९६२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका लिम्बूले ११ हजार ७११ मत पाए।
उनको जितसँगै थेवे परिवार सांसदको ठाउँ भरिएको छ। उनकी आमा ६ महिनाअघि सांसद थिइन्।
जेनजी आन्दोलनसँगै प्रतिनिधि सभा विघटन हुनुअघिसम्म उनकी आमा उर्मिला थेवेको पनि सांसद थिइन्। उनी २०७९ सालको निर्वाचनमा समानुपातिक सांसद निर्वाचित भएकी थिइन्।
त्यसअघि उनका बुवा भूपेन्द्र थेवे संविधान सभा सदस्य थिए। उनी २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा ताप्लेजुङमा निर्वाचित भएका थिए। त्यतिवेला उनी ताप्लेजुङ-१ बाट संविधानसभा सदस्य बनेका थिए।
भूपेन्द्र २०७४ सालमा पनि दाबेदार थिए। त्यतिवेला योगेश भट्टराईले टिकट पाएका थिए। अहिले योगशले टिकट नपाएपछि क्षितिजले मौका पाएका हुन्। यहि मौकालाई सदुपयोग गर्दै उनी सांसद निर्वाचित भएका हुन्।
Shares

प्रतिक्रिया