नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
शनिबार एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरीलगायतले पहाडीलाई स्वागत गरेका छन्। संविधान सभा सदस्य रहेका पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष पनि हुन्।
राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर एमालेमा प्रवेश गरेको उनले बताएका छन्। कुनै लोभ र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको उनको भनाइ छ।
84
Shares

प्रतिक्रिया