नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको गिरफ्तारी विरुद्ध रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको छ। एमाले कार्यकर्ताहरुले मिलनचोकमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
प्रदर्शन अनियन्त्रित हुनसक्ने आशंकामा ठूलो संख्यामा शुरक्षाकर्मीहरु परिचालन गरिएको छ। तर प्रदर्शनकारीहररू निकै कम देखिएका छन्। शान्तिपूर्ण प्रदर्शनीका क्रममा मिलनचोक हाईवेमा नाराबाजी र कोणसभा हुदा प्रदर्शनमा सहभागी भन्दा धेरै दर्शकहरु देखिएका थिए।
सडकका दुबै किनारा र आकाशे पुलबाट हेर्नेको संख्या उल्लेख थियो।प्रदर्शनकारीहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नारा लगाएका छन् ।
गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन नरोकिने एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले बताए। युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले अन्यायपूर्ण र गूरकानुनीरुपमा पार्टी अध्यक्ष र कांग्रेस नेतालाई पक्राउ गरिएको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरे ।




Shares

प्रतिक्रिया