राजनीति


मधेस प्रदेशसभामा १० दल

२३ सिटसहित एमाले पहिलो पार्टी
मधेस प्रदेशसभामा १० दल

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार ६:१८, काठमाडौँ

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ। मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा  समानुपातिकतर्फका मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन्। 

एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमाले समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ। प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ। विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ। जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट ल्याएको छ।

प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टी समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौँ दल भएको छ। मधेसमा नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा चार/चार गरी आठ सिट जितेको छ।  नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ। 

प्रत्यक्षमा ६ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक/एक सिट जितेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .