ad ad

राजनीति


मधेसका मुख्यमन्त्री सरोज यादवले पाए विश्वासको मत

मधेसका मुख्यमन्त्री सरोज यादवले पाए विश्वासको मत

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार २१:११, काठमाडौँ

मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन्।

मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले तनावका बीच विश्वासको मत लिए।

सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री यादवको पक्षमा ६१ सांसद उभिए।

मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षी दलले भने बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

सभामुखले प्रदेश सभा लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न नसकेको भन्दै विपक्षी नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले सदन बहिस्कार गरेका हुन्।

विरोधमा उत्रिएका जनमतका सांसद तोडफोडमा उत्रिएको भन्दै सभामुखले बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिए। त्यसपछि जनमतका सांसदसँगै कांग्रेस र लोसपाका सांसद पनि बाहिरिएका थिए।

राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै विपक्षी सांसदले पटक पटक बैठक अवरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .