राजनीति


गगन थापा प्रमुख अतिथि रहेको प्रदेशस्तरीय भेलामा कांग्रेस सुदूरपश्चिमका सभापति गएनन्

गगन थापा प्रमुख अतिथि रहेको प्रदेशस्तरीय भेलामा कांग्रेस सुदूरपश्चिमका सभापति गएनन्

गोकुल जोशी
बैशाख २६, २०८३ शनिबार १५:१०, कञ्चनपुर

कैलालीकाे धनगढीमा नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु भएको छ। शनिबारदेखि सुरु भएको भेला भाेलि (आइतबार)सम्म चल्ने छ।

भेलालाई सम्बोधन गर्न  पार्टी सभापति गगनकुमार थापासहितका नेताहरू धनगढी आइपुगेका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलोपटक निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा पुगेका  हुन्।

धनगढीमा पुग्दा सभापति थापालाई नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

सभापति थापाको स्वागतमा देउवा पक्षीय मानिने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुगेका थिए। 

तर प्रदेशस्तरीय भेलामा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर र कैलालीका पार्टी सभापति नारायणदत्त भट्ट भने अनुपस्थित छन्। 

देउवा समूहका बलायर भेलामा सहभागी नहुने एक नेताले बताए।

ती नेताका अनुसार कांग्रेस कैलाली सभापति भट्ट पनि सहभागी छैनन्। उनी भने राजनीतिक कारणले नभइ कार्य व्यवस्तताका कारणले  कार्यक्रममा सहभागी नभएका दावी उनी निकट नेताहरूको छ। 

संसदीय कामकाजको शिलशिलामा उनी हाल काठमाडौँमा छन्। कांग्रेसको प्रदेश स्तरीय भेलामा प्रतिनिधि सभाको निर्वाचनको समीक्षा र स्थानीय तहका जनप्रतिनिधिका काम कारवाहीबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad