ad ad

प्रविधि


यी हुन् आईओएस १६.१ मा थपिएका ७ फिचर

यी हुन् आईओएस १६.१ मा थपिएका ७ फिचर

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १०:५३, काठमाडौँ

एप्पलले आईओएस १६ को पहिलो अपडेटेड भर्सन आईओएस १६‍‍.१ सार्वजनिक गरेको छ। अपडेटसँगै कम्पनीले यसमा विभिन्न फिचर थपेको छ। 

आईक्लाउड फोटो सेयरिङ फिचरदेखि थर्ड पार्टी एपका लागि लाइभ एक्टिभिटीसम्मका फिचर यो अपडेटमा उपलब्ध छन्। साथै आईओएस १६ मा देखिएका बग (सुरक्षा कमजोरी) यो अपडेटमा समाधान भएर आएका छन्। 

यी हुन् आईओएस १६.१ मा थपिएका फिचर 

१. आईक्लाउड फोटो सेयर 
नयाँ अपडेटसँगै अब आईफोन प्रयोगकर्ताले एकअर्काबीच फोटोज एपमार्फत नै फोटो सेयर गर्न सक्नेछन्। यसमा नयाँ लाइब्रेरी क्रियट गरेर पाँच जनासम्म प्रयोगकर्तालाई एड गर्न सकिन्छ। उनीहरूले उक्त लाइब्रेरीमा फोटो सेयर गर्ने, डिलिट गर्नेलगायत अन्य एडिटिङ फिचर प्रयोग गर्न सक्नेछन्। 

२. थर्ड पार्टी एपका लागि लाइभ एक्टिभिटी

अब थर्ड पार्टी एपहरूका लागि पनि एपस्टोरमा लाइभ एक्टिभिटी थपिएको छ। यो फिचरबाट प्रयोगकर्ताले आफ्नो लकस्क्रिन अथवा डाइनामिक आइल्यान्डमा अन्य थर्ड पार्टी एपको लाइभ एक्टिभिटी वा वास्तविक समयमा उक्त एपमा भइरहेको गतिविधि हेर्न सक्छन्। 

कुनै राइड अर्डर गरियो भने राइडको रियल टाइम जानकारी मोबाइलको लकस्क्रिनमा पनि पाइनेछ। यसअन्तर्गत कम्पनीले स्लोप्स, फ्लाइटी, ल्यान्डस्केप, फरेस्ट, क्यारोट वेदर, लुमी, क्रोउसन, पेसस्टल, लिफ्टिन, फुटमोब, कार्ड पोइन्टर, जस्ट प्रेस रेकर्ड, स्टक्चर्ड डेली प्लानर, पोस्चर पल, मनी कोच, क्याल्जी, स्मार्ट जिम, स्टिकी टाइमर, टीभी रिमोट, सब्जेक्ट, काउब्वाइ–इलेक्ट्रिक बाइकजस्ता एपलाई लाईभ एक्टिभिटीका लागि अनुमति दिएको छ।

यी विविध एपका फिचर लकस्क्रिन र डाइनामिक आइल्यान्डमा हेर्न सकिनेछ। यसका लागि आईओएसको नयाँ अपडेट आईओएस १६.१ अपडेट गर्नुपर्ने हुन्छ।

३. क्लिन इनर्जी चार्जिङ 
कम्पनीका अनुसार क्लिन इनर्जी चार्जिङ फिचरले शुन्य उत्सर्जनलाई सहयोग गर्नेछ। तर यो फिचर सुरुवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुने छ। 

४. एप्पल वाचबिनै एप्पल फिटनेस प्लस 
अब आईफोन प्रयोगकर्ताले एप्पल वाचबिनै नै एप्पलको सबैभन्दा धेरै रुचाइएको ‘फिटनेस प्लस’ फिचर प्रयोग गर्न पाउने भएका छन्। यो फिचर प्रयोगकर्ताले आईओएस १६.१, आइप्याडओएस १६.१ र टीभी ओएस १६.१ मा प्रयोग गर्न सक्नेछन्। यसअघि एप्पल वाचबिना प्रयोगकर्ताले आफ्नो स्वास्थ्य स्थितिलाई ट्रयाक गर्न सक्दैन थिए। अब एप्पल वाचबिनै यो फिचर प्रयोग गर्न सकिने भएको हो। 
सन् २०२० डिसेम्बरमा सार्वजनिक यो फिचरमा ३ हजारभन्दा बढी व्यायाम तथा मेडिटेसनका भिडिओलगायत अन्य फिचर छन्। यो फिचर २१ देशका लागि मात्र सशुल्क रूपमा उपलब्ध छ। 

५. होम एपमा म्याटर एक्सेसरिज 
होम डिभाइसहरू कनेक्ट गर्न आईओएस १६.१ मा म्याटर फिचर उपलब्ध हुने भएको छ। यसले विभिन्न प्लेटफर्मका होम एक्सेसरिजमा काम गर्न सहयोग गर्छ। यो फिचर एप्पलको होमकिटसँगै अमेजनको एलेक्जा र गुगलको होमकिटमा प्रयोग गर्न सकिन्छ।

६. एक हातले प्रयोग गर्न सकिने 
आईफोन १४ प्रोको मोडेलहरूमा उपलब्ध डाइनामिक आईल्यान्डमा एक हातले नै मोबाइल प्रयोग गर्न मिल्ने गरी रिचेबिलिटी फिचर थपिएको छ।  यो फिचर इनेबल गरेपछि प्रयोगकर्ताले स्क्रिनमा सहजै एक हातले नै मोबाइल प्रयोग गर्न सक्नेछन्।

७. स्टाटसबारमा ब्याट्री पर्सेन्ट
आईफोनका कतिपय मोडेलमा ब्याट्री प्रतिशत देखाइएको थिएन, विशेषगरी आईफोन १२ मिनी र आईफोन १३ मिनीमा। अपडेटसँगै आईफोनमा हरेक डिभाइसमा ब्याट्री प्रतिशत हेर्न सकिने भएको छ। एप्पलले स्क्रिन आकर्षक देखाउन ब्याट्री पर्सेन्टलाई स्टेटस बारमा समायोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .