ad ad

प्रविधि


फेसबुकले निस्क्रिय पार्‍यो एमआरआर ग्रुप

फेसबुकले निस्क्रिय पार्‍यो एमआरआर ग्रुप

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:४८, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकले एमआरआर ग्रुपलई निस्क्रिय पारेको छ।

मेटा कम्पनीको फेसबुकले सामुदायिक मापदण्डको उललंघन गरेको भन्दै एमआरआर ग्रुपलाई निस्क्रिय पारेको हो।

फेसबुकले आगामी दिनमा ग्रुपका एडमिनले मापदण्ड उल्लंघन हुने किसिमका पोस्ट गर्ने वा त्यस्ता पोस्ट एप्रुभ गरेको अवस्थामा ग्रुपमाथि नै प्रतिबन्ध लगाइने चेतावनी फेसबुकले दिएको छ।

यद्यपि एडमिन समूहले भने कुन पोस्ट वा कमेन्टको कारण ग्रुपलाई निस्क्रिय पारिएको जानकारी नदिएको बताएको छ।

यसअघि नै कारबाहीमा परेकाले यस विषयमा आफूहरु सचेत रहँदै आएको र त्यस्तो कुनै पनि पोस्ट ग्रुपमा नराखिएको एडमिन समूहको दाबी छ।

पटक पटक फेसबुकको कारबाहीमा पर्नु र फेसबुकले आफूहरुले पुनरवलोकनको लागि गरेको आग्रह बेवास्ता गर्नु दुःखद् भएको बताउँदै एडमिन समूहले यसपटकको निर्णय पनि पुनरवलोकनको लागि आग्रह गरेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .