सामाजिक सञ्जाल ट्विटरका संस्थापक तथा पूर्वप्रमुख ज्याक डोर्सीमाथि १ अर्ब डलर ठगीको आरोप लागेको छ। अमेरिकी सर्टसेलर कम्पनी हिन्डेनवर्गले ट्विटरका संस्थापक डोर्सीको कम्पनी ब्ल्कले लगानीकर्तालाई झुक्याएर ठगेको आरोप लगाएको हो।
सन् २००६ मा ट्विटरको सीईओ बनेका उनले सन् २००९ मा राजीनामा दिएका थिए। त्यसपछि उनले आफ्नै डिजिटल भुक्तानी कम्पनी ब्लक (तत्कालीन नाम स्क्वायर) स्थापना गरेका थिए।
सन् २०१५ मा पुनः ट्विटरमा फर्किएर उनी सीईओ बनेका थिए। यो बीचको ६ वर्षको अवधिमा उनले लगानीकर्तालाई झुक्काएर १ अर्ब डलर ठगेको आरोप हिन्डेनवर्गले लगाएको हो।
कयौँ नक्कली खाता बनाएर लगानीकर्तालाई झुक्काएको आरोप उनीमाथि छ। हाल ब्लकको कुल शेयर ३० अर्ब डलर रहेको छ। आरोपपछि कम्पनीको शेयरमा १४ दशमल ८८ प्रतिशतले गिरावट आएको छ।
कम्पनीले भने उक्त आरोपमा सत्यता नभएको दाबी गरेको छ। झूटो आरोप लगाइएको भन्दै कम्पनीले कानूनी उपचार खोज्ने जनाएको छ।
सन् २०२१ मा ट्विटर छाडेका डोर्सी आफ्नै कम्पनी ब्लकमा आवद्ध छन्।
यसअघि हिन्डेनवर्गले भारतीय अर्बपति गौतम अडानीको समूहले अनियमतता गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनपछि अडानी समूहको शेयरमा व्यापक गिरावट आएको थियो। हालसम्म अडानी समूहले १०० अर्बभन्दा बढी नोक्सानी व्यहोरिसकेको छ।
प्रतिक्रिया