समाज


स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

नेपालखबर
साउन १०, २०७८ आइतबार ५:२४,

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

झापा गाउँपालिका- २ बेलाइतिवारी निवासी ४६ वर्षीय गौरी मण्डललाई ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

भारतबाट लुकाइछिपाइ सो रकम नेपाल भित्र्याउने क्रममा शनिबार मण्डललाई कुमरखोदबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad