समाज


उच्च अदालतकाे आदेश- रवि लामिछाने विदेश जाँदा अनुमति लिनु नपर्ने

उच्च अदालतकाे आदेश- रवि लामिछाने विदेश जाँदा अनुमति लिनु नपर्ने

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १५:४९,

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई अब विदेश जान अदालतको अनुमति लिन नपर्ने भएको छ ।

उपचारका लागि विदेश जानु परेमा चितवन जिल्ला अदालतको अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले बिहीबार खारेज गरेको छ। सो मुद्दामा चितवन जिल्ला अदालतबाट भएका अरु आदेशहरु भने उच्चले सदर गरेको छ।

चितवन जिल्ला अदालतबाट गएको भदौ ९ गते यो मुद्दामा थुनछेक आदेश भएको थियो। लामछिाने, कँडेलसहित अस्मिता कार्की विरुद्ध पनि मुद्दा दायर भएको थियो।

चितवन जिल्ल अदालतले रवि लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो। जिल्ला न्यायाधीश हेमन्त रावलको आदेशले रवि धरौटीमा रिहा भएका थिए। यस मुद्दामा अन्य अभियुक्त अस्मिता कार्की भन्ने रुकु साधरण तारेखमा र युवराज कँडेल तीन लाख धरौटीमा छुटेका थिए।

चितवन जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ मा उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .