जनकपुरधाम उपमहानगरपालिका-७ की आरती साहलाई तेजाब (एसिड) छ्याप्ने पति २६ वर्षीय सञ्जीव साहलाई अदालतले दोषी ठहर गरेको छ।
सोमबार धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले साहलाई दोषी ठहर गर्दै कसुरअनुसार सजाय निर्धारणका लागि अदालत पेस गर्न आदेश दिएको हो।
धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्र अर्को फैसला हुनेछ।
एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको छ।
गत वर्ष कात्तिक २९ गते दीपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका–७, माइतीघरमा बसिरहेकी आरती र छोरी रियालाई सञ्जीवले एसिड छ्यापेका थिए। श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आरती माइतमै बस्ने गरेकी हुन्।
एसिडबाट आरतीको दाहिने आँखा गुमेको छ भने घाँटी, छाती, स्तनलगायतका अंगमा गहिरो घाउ लागेका थिए। छोरी रियाको दाहिने हात र टाउकोमा दाग बसेको छ।
यी पनिः
ससुराली पुगेर श्रीमतीमाथि एसिड आक्रमण, घरबाट पक्राउ
जनकपुरमा आमाछोरीमाथि एसिड छ्याप्ने र एसिड बेच्ने विरुद्ध मुद्दा दायर
Shares
प्रतिक्रिया