समाज


शान्ति गुरुङ र केबी रानालाई कञ्चन पत्रकारिता पुरस्कार

शान्ति गुरुङ र केबी रानालाई कञ्चन पत्रकारिता पुरस्कार

वाशुदेव मिश्र
साउन २७, २०७८ बुधबार २०:७, पोखरा

पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारद्वयलाई २५/२५ हजार रुपैयाँ नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मानित गरे। आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ।

सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत छन्। उनी पत्रकारितासँगै गायन क्षेत्रमा पनि सक्रिय छन्। नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिकलगायत दर्जनौं मिडिया हाउसमा कार्य अनुभव छ। 

पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उनको परिवारले पिता स्वर्गीय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रोपटक अर्पण गरिएको हो। कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरे। अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .