समाज


टोर्नेडोको क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली स्थापना गर्न सुझाव

टोर्नेडोको क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली स्थापना गर्न सुझाव

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १६:२,

जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा आएजस्तो टोर्नेडोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ।

बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोर्नेडोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको हो। बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक गरेको सो प्रतिवेदनमा त्यस्ता खालको पूर्व सूचना प्रणालीले हावाहुरी, चटयाङसहितको विपत्तिबाट हुने क्षतिको न्यूनिकरण गर्न पनि सघाउ पु-याउने जल तथा मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिइन्।

बारा–पर्सामा आएको जस्तो मौसमी घटनाहरुबाट जनधनको क्षति न्यूनिकरण गर्न प्रदेश र स्थानीय तहमा पनि सावधानी अपनाउने गरी पूर्व तयारी पद्धतिको विकास गर्नुपर्ने सुझाव पनि सो प्रतिवेदनमा दिइएको छ। विभागका महानिर्देशक सरजुकुमार बैद्यको अध्यक्षतामा गठन गरिएको समितिले सो टोर्नेडोको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा सो टोनार्डोको अधिकतम गति १८० देखि २६५ प्रतिघण्टा भएको अनुमान गरिएको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad