समाज


संखुवासभा घटना : लोकबहादुरको घरमा भेटियो मृतकको मोबाइल

संखुवासभा घटना : लोकबहादुरको घरमा भेटियो मृतकको मोबाइल

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १२:४६, काठमाडौँ

संखुवासभाको मादी नगरपालिका–१ उमलिङमा मारिएका व्यक्तिको मोबाइल लोकबहादुर कार्कीको घरमा भेटिएको छ। 

लोकबहादुरलाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

तर घरमा मृतक रन्जनाको मोबाइल फेला परेपछि परिवारका लोकबहादुरका भाइसँग प्रहरीले सोधपुछ गरेको छ। 

‘मोबाइल त्यहाँ कसरी पुग्यो भनेर सोधपुछ गरिएको हो, अहिले पनि घटनास्थलमा १० जनाको टोली छ। त्यही टोलीले विभिन्न कोणबाट घटनालाई हेरिरहेको छ’, प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नविन राईले नेपालखबरसँग भने। 

परिवारका तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया, आमा पार्वती, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको थियो। 

संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले पनि थप कसैलाई पक्राउ नगरिएको तर अहिले पनि विभिन्न व्यक्तिहरुसँग सोधखोज भने गरिरहेको बताए। 

भदौ २१ गते एकैपरिवारका ६ जनाको हत्या भएको थियो। हत्या लोकबहादुरले गरेको निष्कर्षसहित प्रहरीले उनलाई ६ दिनपछि सार्वजनिक गरेको थियो। 

अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad