ad ad

समाज


कोसीटप्पुको हिरो 'मकुना' हात्ती मृत भेटियो

कोसीटप्पुको हिरो 'मकुना' हात्ती मृत भेटियो

कृष्ण बहाब
असोज १७, २०७८ आइतबार ११:५६, काठमाडौँ

कोशीटप्पुको हिरोका रूपमा परिचित रैथाने मकुना हात्ती मृत फेला परेको छ। कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यलय नजिकको धान बारीमा मकुना मृत फेला परेको हो।

घटनास्थलमा अहिले आरक्ष प्रशासन र नेपाली सेनाको टोली पुगेको छ। मकुनाको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन।

'हाम्रो कार्यलय छेउमै हो। मध्यवर्ती क्षेत्रको धानबारीमा मृत भेटियो' आरक्षका वार्डेन अशोक राम भन्छन्, 'कारण त अझै पुष्टि भएको छैन तर, छेउछाउमा नाङ्गो तार भेटिएको छ।'

केही समय अगाडि नजिकका बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडी ल्याएको थियो। तर, सर्वत्र विरोधपछि प्रशासन आफ्नो निर्णयबाट 'व्याक' भएको थियो।

आरक्षले 'हिरो' मानेको मकुना

मकुना दाह्रा नभएको कोशीटप्पुको भाले हात्ती हो। आरक्ष कार्यालयले नै दाह्रा नभएको मकुनालाई आफ्नो क्षेत्रको नायकको रूपमा स्वीकारेको छ। 

आरक्षले आफ्नो वेबसाइटमा मकुनाबारे भनेको छ, ‘यसमा कुनै शङ्का छैन। जम्मा १७ जङ्गली हात्तीमध्ये मकुना यहीको स्थायी हात्ती हो। सामान्य रुपमा भाले जातिका वन्यजन्तु एक्लै बस्छन्। तर आरक्षमा ९-११ मत्ता हात्ती समूहमा देखिन्छन्। यो आरक्षमा जङ्गली हात्ती सजिलै अवलोकन गर्न सकिन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .