ad ad

समाज


महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किए, दुवैका चालकको मृत्यु

महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किए, दुवैका चालकको मृत्यु

शैलेन्द्र महतो
असोज २७, २०७८ बुधबार १२:४६, काठमाडौँ

महोत्तरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय (बर्दिबास) का अनुसार दुर्घटनामा महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतोको मृत्यु भएको हो। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–४, पञ्चुधुरा मन्दिर जाने प्रवेशद्वार अगाडि ज १२ प २९६१ र प्र २—०१—००२ प—०५९७ नम्बरका मोटरसाइकल मंगलबार साँझ आपसमा ठोक्किएका हुन्। तामाङ पहिलाे र महतो दाेस्राे मोटरसाइकलका चालक हुन्।

दुर्घटनामा ज १२ प २९६१ नम्बरको मोटरसाइकलकाे पछाडि बसेका बर्दिवास-३, गौरीडाँडा निवासी सोनु सिंह गम्भीर घाइते भएका छन्।

बर्दिबास र जनकपुरमा उपचार हुन नसकेपछि उनलाई न्युरो अस्पताल (काठमाडौं) लगिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा तीनै जना गम्भीर घाइते भएका थिए। तर तामाङ र महतोको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मंगलबार राति मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .