समाज


मुस्लिम समुदायले आज  ‘मोहम्मद डे’ मनाउँदै, प्रदेश २ मा सार्वजनिक बिदा

मुस्लिम समुदायले आज  ‘मोहम्मद डे’ मनाउँदै, प्रदेश २ मा सार्वजनिक बिदा

फाइल तस्बिर


शैलेन्द्र महतो
कात्तिक २, २०७८ मंगलबार १०:१५, काठमाडौँ

मुस्लिम समुदायले आज (मंगलबार) इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइरहेका छन्। आज पैगम्बरको १४४३औं जन्मजयन्ती हो। 

इस्लामी पात्रोअनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो। 

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो। 

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ।

मोहम्मदको जन्मजयन्तीमा प्रदेश २ सहित देश तथा विदेशका इस्लाम धर्मावलम्बीले बाजागाजा र झण्डासहित प्रदर्शन गर्छन्। 

यसैबीच सो अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको बिदा लेखिएको छ। 

प्रदेश सरकारले नेपाल सरकारले दिएका बिदाका अतिरिक्त ११ वटा बिदा दिएको छ, जसमा पैगम्बर मोहम्मदको जन्मदिन एक हो। 

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .