समाज


सप्तरीमा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा एक महिलाको मृत्यु

सप्तरीमा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा एक महिलाको मृत्यु

शैलेन्द्र महतो
कात्तिक २१, २०७८ आइतबार २०:३, जनकपुरधाम

सप्तरीमा ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। 

सप्तरी खडक नगरपालिका ३ बनरझुला बस्ने मो. ईनुसको श्रीमती ३८ वर्षीया जैफुल खातुनको करेन्ट लागेर मृत्यु भएको हो। 

आइतबार बिहान करिब १२ बजेको समयमा हरियो बाँस घरको छतमा राख्ने क्रममा नजिकै रहेको ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा छोइँदा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन्। 

उनलाई उपचारको लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए। 

मृतकको शवको पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .