समाज


बनेपामा जापानी प्रविधिबाट धुवाँरहित मेसिनमार्फत फोहरमैला व्यवस्थापन

बनेपामा जापानी प्रविधिबाट धुवाँरहित मेसिनमार्फत फोहरमैला व्यवस्थापन

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ७:३६,

बनेपा नगरपालिकाले जापानी प्रविधिबाट धुवाँरहित मेसिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने भएको छ। यसका लागि कार्यालयले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुँवारहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ।

कार्यालयले फोहर जलाउने मेसिन वडा नं ९ स्थित कृषि फार्ममा राख्ने जनाएको छ। ‘बनेपाको प्रमुख चुनौती बन्दै आएको फोहर व्यवस्थापन मेशिन सञ्चालनपछि हल हुनेछ तर उक्त मेशिनबाट मानव स्वास्थ्यमा असर परे वैकल्पिक स्थानमा राख्नेछौँ’, नगर उपप्रमुख रेखा दाहालले भनिन्।

उनका अनुसार चिम्नीका विषयमा सरोकारवालालाई जानकारीसमेत गराइएको छ। बनेपा नपामा उपप्रमुखको नेतृत्वमा फोहरमैला व्यवस्थापन समिति गठन गरिएको छ। करीब एक वर्षदेखि बनेपा नगर क्षेत्रको फोहर सिस्डोल पु¥याइँदै आइएको छ। यसअघि नियमित फोहर विसर्जनस्थलमा स्थानीयले विरोध गरेपछि नगरपालिका कार्यालयले नयाँ प्रविधिको खोजी गरेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले बताए।

उनले भने, ‘यहाँको फोहर सिस्डोल पु¥याउन निकै खर्च व्यहोरिरहेका छौँ, अब नयाँ मेसिन राखेपछि वातावरणलाई पनि असर नपुग्ने र खर्चमा पनि कटौती हुनेछ।’ उनका अनुसार फोहर व्यवस्थापनकै लागि नगरको १२ र १४ नं वडाको सिमानामा १४ रोपनी जमीन खरिद गरेको र थप लिने तयारी भइरहेको छ।

मेसिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहर जलाउन सकिने हिटा ग्रुप नेपालका प्रमुख ग्याल्पो लामाले बताए। ‘‘प्रदूषण, धुँवा र ध्वनीरहीत तरिकाले फोहोरलाई जलाउन सकिन्छ’, उनले भने। उनका अनुसार मेसिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलान सक्छ। बनेपा नगरबाट प्रतिदिन सातदेखि आठ टनसम्म फोहोर निस्कने गर्दछ।

हाल ल्याइएको उक्त मेसिनले नगरको फोहर जलाउन नभ्याउने देखिए ठूलो क्षमताको मेसिन ल्याइने नगरप्रमुख वादेले बताए। ‘अबको केही दिनमै मेसिन परीक्षण गरी नियमित फोहर जलाउन शुरु गर्नेछौँ’, उनले भने। मेसिन सञ्चालन गर्न डिजेल, विद्युत् र पानी एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ भने विद्युत् नभएका बेला मेसिनकै ब्याकअपबाट सञ्चालन गर्न सकिनेछ। मेसिनमा जलेको फोहरको खरानीबाट ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने लामाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad