नेपालसहितका हिमाली राष्ट्रमा जलवायु परिवर्तनको असर भयानक भइरहेको छ।
नेपालले केही दिनअघि स्कटल्यान्डमा सम्पन्न जलवायुसम्बन्धी सम्मेलनमा सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्य बनाउने वाचा गरेर फर्किएको छ।
तर विश्वका विकसित र आणविकसहितका हतियारमा होडबाजी गरिरहेका देशहरूका कारण नेपाल जस्ता साना देशले अनेक मार खेप्नु परेको छ।
नेपालका चाँदी लहर हिमालमा हिउँ रित्तिरहँदा चिन्ता बढाएको छ। हिमतालमा पानी भरिएर विष्फोट हुने जोखिम पनि उस्तै छ।
यिनै विषयलाई लिएर सोमबार काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा एउटा सचेतनामूलक प्रदर्शन भएको छ।
जलवायु परिवर्तन रोक्न माग गर्दै विभिन्न संघसंस्था र व्यक्तिहरुले रचनात्मक प्रदर्शन गरेका हुन्।
हेर्नुस् फोटो फिचर
39
Shares
प्रतिक्रिया