ad ad

समाज


मोटरसाइकलको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १६:५९, काठमाडौँ

सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाइकलले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ।

सोमबार विहान लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका–७ की १६ वर्षीया वर्षा साह र उनीसँगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो।

घाइतेलाई थप उपचारको लागि विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .